२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा विवादका कारण मोदीको मुड ठिक छैनः ट्रम्प

२०७७, १६ जेष्ठ शुक्रबार ०१:३९

जेठ १६, काठमाडौँ (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् ।

ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’ 

ट्रम्पले चीनसँग जारी ‘ठूलो विवाद’ को विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको पनि जानकारी दिए । ट्रम्पले दाबी गर्दै भने, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।

ट्रम्पले यो विवादमा भारत रत्तिभर पनि खुसी नभएको र सायद चीन पनि खुसी नभएको बताएका छन् ।

ट्रम्पले यी कुरा पत्रकारसँग बिहिबार ह्वाइट हाउसको ओभलमा भनेका हुन् । अमेरिकी राष्ट्रपतिले भारत र चीनबीच ठूलो भीडन्तको स्थिती सिर्जना भएको बताएका छन् ।

एक भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भनेका छन्, 'मलाई तपाईंको प्रधानमन्त्री निकै मनपर्छ । उनी निकै सज्जन छन् ।' भारत–चीनबीचको तनावबारे कुरा गर्दै उनले भने, 'भारत र चीनबीच ठूलो भिडन्तको स्थिती छ । दुबै देशसँग १ अर्ब ४० करोड जनसंख्या छ । दुबै देशसँग निकै बलियो सेना छ । भारत खुसी छैन र सायद चीन पनि छैन । मैले मोदीसँग कुरा गरेको थिएँ र चीनसँग हाल जे चलिरहेको छ, त्यो विषयमा उनको मूड ठिक छैन ।'

बुधबार ट्रम्पले ट्वीटमा दुई देशबीचको सीमाको विषयमा जारी विवादका लागि मध्यस्थताको प्रस्ताव पेश गरेका थिए । ट्रम्पले आफू मध्यस्थताका लागि तयार भएको बताएका थिए ।



स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु