२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार

२०७७, २५ जेष्ठ आईतवार १४:३८

जेठ २५, बाली (रासस/एएफपी) | इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । 

उनान्तीस वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक एथानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए । 

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धारका गर्न उद्धार टोली त्यहाँ पुगेको उद्धार टोलीका प्रमुख गेडे दर्मादाले एएफपीलाई बताउनुभयो ।

 भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँचिएको बताइएको छ । रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले धपाएपछि कुकुरलाई छलेर भाग्ने क्रममा इनारमा खसेको बताएका छन् ।

“शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका छन्,” साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उद्धारपछिको दृष्यलाई बताउनुभएको छ ।

 रोबट्र्सलाई उद्धारपछि  उपचारका  लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना