2026-07-25 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी लडाकू मारिए

असार २२, उडिसा (रासस/एएनआइ)। भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ । 

उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले सो कुराको जानकरी दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । मुख्य सचिव त्रिपाठीले सोमबार बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरुसँगको भिडन्तमा परी चार जना माओवादी विद्रोहीको ज्यान गएको बताउनुभएको छ । 

उहाँले त्यस क्रममा सफल रुपमा माओवादी विरुद्धमा कारबाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई बधाई पनि दिनुभएको छ । 

उडिसाको राज्य सरकारले अतिवादीहरुका विरुद्धमा कडा कारबाही गर्न सक्ने सन्देश पनि यो सफल कारबाहीबाट दिएको पनि मुख्य सचिव अजितले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक