2026-07-25 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्क राष्ट्रका कुन देशमा कति छन् कोरोना संक्रमित ? (विवरणसहित)

साउन ९, काठमाडौं । चीनबाट शुरु भई विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर दक्षिण एसियाली देशमा बढ्दै गएको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये हालसम्म भारतमा सबै भन्दा धेरै सक्रमित फेला परेका छन्। भारतमा संक्रमितको संख्या  १२ लाख ९० हजार २ सय ८४  पुगेको छ।  भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३० हजार ६ सय ५७  पुगेको छ। भारतमा हालसम्म ८ लाख १७ हजार ७ सय ३८  जना  संक्रमित संक्रमणमुक्त भएका छन्। 

पाकिस्तानमा हालसम्म २ लाख ७० हजार १ सय ९१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख १३ हजार १ सय ७५ जना उपचारपछि निको भएका छन्। 

श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ५३ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७७ रहेको छ। बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार १ सय १० पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ८ सय १ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १९ हजार २ सय ८ छ। अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ९ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ११ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ५ सय ५० उपचारपछि निको भएका छन्। नेपालमा पनि १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ४३ जनाको मृत्यु भएको छ। 

भुटानमा संक्रमितको संख्या ९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८३ छ। यस्तै  माल्दिभ्समा संक्रमितको संख्या ३ हजार १ सय २० रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ४ सय २८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक