2026-07-25 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

साउन २४, काठमाडौँ (रासस/एएनआई) | भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना सङ्क्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ । 

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि सङ्क्रमित रहेका छन् । त्यहाँ कुल सङ्क्रमित मध्ये तीन लाख २७ हजार २८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक