2026-07-25 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन

भदौ १, टोकियो। (रासस/एपी)। जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ । 

जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७.८ प्रतिशतले गिरावट आएको जनाएको छ । 

जापानी संचार माध्यमहरुले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् । तर जापानी मन्त्रिपरिषद कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्र राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन् २००९ मा देखिएको थियो । 

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्थामा कोरोनाभाइरसको प्रभाव देखिनुअघि गत वर्षको अन्त्यदेखि नै अनुभव गर्न थालिएको थियो । कोभिड–१९ बाट संक्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका छन् ।

यस वर्षको पहिलो त्रैमासिक अवधि जनवरीदेखि मार्च महिनाको अवधिमा अर्थतन्त्र ०.६ प्रतिशतले घटेको थियो । गत वर्ष सन् २०१९ को अन्तिम त्रैमासिक अवधि अक्टोबर–डिसेम्बरको अवधिमा १.८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको थियो । यही कारण यस वर्ष सन् २०२० को पहिलो त्रैमासिक अवधिमा जापानी अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको थियो ।

सामान्यतया, दुई त्रैमासिक अवधिसम्म लगातार अर्थतन्त्रमा संकुचन आए अर्थव्यवस्था मन्दीमा गएको बुझिन्छ । अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो भने वैयक्तिक उपभोग्य दरमा वार्षिक करिब २९ प्रतिशतले कमी आएको थियो । 

विज्ञहरुका भनाईमा कोरोनाभाइरस नियन्त्रणमा आएसँगै अर्थतन्त्रमा विस्तारै सुधार हुनेछ । जापानको निर्यातमुखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको छ । चीनले कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी कदम चाले पनि चिनियाँ उत्पादनको बजार माग खस्किएको अध्ययनहरुले देखाएका छन् । 

कोरोनाभाइरसको खोप निर्माणले मूर्तरुप लिन सके विश्व अर्थव्यवस्था पुरानै लयमा फर्कनेछ, तर यस्तो खोप तत्कालै बजारमा उपलब्ध हुनेमा अझै आशंका छ । जापानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या हालसम्म करिब ५६ हजार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक