2026-07-24 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्याण्डको सरकारका विरुद्ध हजारौँको प्रदर्शन

भदौ १, बैंकक (रासस/एएनआई)। थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् ।

उनीहरुले विपक्षी दलहरुमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

यहाँका विपक्षीहरुले पूर्व सैनिक शासक ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् । उहाँ पूर्व सैनिक शासक हुनुहुन्थ्यो र गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आउनुभएको थियो ।

यहाँ कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको फ्रि युथ मुभमेन्टका एकजना नेताले बताए ।फ्रि युथ मुभमेन्ट यहाँका विद्यार्थी संगठनहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नका लागि निर्माण गरेको एउटा मोर्चा हो ।

उक्त मोर्चाका नेताले यहाँ सरकारका विरुद्धमा आन्दोलन सुरु भइसकेको र ठूलो संख्यामा नागरिक सडकमा आएको बताएका छन् । आन्दोलनमा जम्मा भएका करिब १९ हजार नागरिकले वर्तमान संविधान फेरेर नयाँ लेख्नुपर्ने भन्दै सरकारलाई हस्ताक्षर गरेर बुझाएका छन् ।

थाइल्याण्डको संविधान त्यहाँ सैनिक शासन रहेका बेला सन् २०१४ देखि २०१९ को अवधिमा बनाइएको हो । उक्त संविधान प्रजातान्त्रिक नभएको भन्दै यसको पुनः लेखन उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक