2026-07-24 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

भदौ ५, दुबई । (रासस/एपी) । तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ । 

राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ । वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरुले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ । कोरोनाभाइरस महामारीका कारण अन्य संचार माध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन । 

जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो । एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन र अरु नियामक निकायका अधिकारीहरुले उक्त प्लान्टको स्थलगत अध्ययन गरिसकेको छ । युएईका अधिकारीहरुले कोराना महामारी अघि पनि उक्त स्थानलाई अति सुरक्षित र गोप्य राखेका छन् ।  

यो प्लान्टमाथि डिसेम्बर २०१७ मा यमनका विद्रोही हुथी समूहले आक्रमणको निशाना बनाएको विश्वास गरिएको छ । हुथी विद्रोहीले आफूहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए पनि युएईले त्यसलाई अस्वीकार गरेको थियो । बाराकाह प्लान्टमा चारवटा रियाक्टर राखिएका छन् जसबाट युएईलाई आवश्यक विद्युतमध्ये करिब २५ प्रतिशत प्राप्त हुनेछ । यो आणविक विद्युत गृह दक्षिण कोरियाको सहयोगमा करिब २० अर्ब डलरमा निर्माण भएको हो । 

संयुक्तराज्य अमेरिकाले युएईले आणविक प्रविधिमार्फत विद्युत उत्पादन गर्न लागेकामा प्रसन्नता व्यक्त गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक