2026-07-25 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

भदौ ३०, काबुल (रासस/एएनआई) | अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ ।

पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो । 

प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो ।

त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ ।

सोही स्थानमा केही दिनमत्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो । 

सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । उक्त समाचारका अनुसार बागदिस  जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको छ । 

तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक