2026-06-28 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त

असोज २०, पेरिस (रासस/एएफपी) । विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् । 

विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् । ती मध्ये दश लाख ४६ हजार ४८४ जनाको मृत्यु भएको छ । विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ९०८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार ३९ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भारतमा रहेका छन् । जहाँ कुल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख तीन हजार छ सयको मृत्यु भएको छ ।  तेस्रो धेरै सङ्क्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै सङ्क्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बीया रहेका छन् । 

त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका सङ्क्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी