2026-06-25 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

कातिक ७, इस्लामावाद (रासस/पिटिआई) | पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । 

भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

प्रधानमन्त्री इमरान खानले भ्रष्टाचार सम्बन्धी अरु घटना सार्वजनिक हुन लागेको अभिव्यक्ति दिएको केही दिनपछि यस्तो समाचार आएको हो ।

पूर्व प्रधानमन्त्री ७० बर्षीय नवाज सरिफ पाकिस्तान मुस्लीम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त हुनुभएको हो । 

अदालतले उहाँले ठूलो अनियमितता गरेको ठहर गर्दै उहाँलाई पदमा बसिरहन नमिल्ने ठहर गरेपछि अपदस्त गरिएको थियो ।

त्यसदेखि नियन्त्रणमा रहनु भएका नवाज गम्भीर अवस्थामा अस्वस्थ भएकाले केही महिना अगाडि उपचारका लागि बेलायतको राजधानी लण्डनमा रहनु भएको छ । यसअघि उहाँकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो । 

राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उहाँका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तान विरुद्ध पनि मुद्दा चलाउन लागिएको डन पत्रिकाले लेखेको छ । 

सेवा निवृत्त न्यायाधीश जाभेद इक्बालको अध्यक्षतामा बसेको विभागको बिहीबारको बोर्ड बैठकले ११ जना विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । 

उनीहरुमाथि विदेशी अतिथिको सवारीमा प्रयोग गर्ने गरी खरिद गरिएका ७३ ओटा सवारी साधन खरिदमा अनियमितता गरेको आरोप छ । तर ती सवारी साधन व्यक्तिगत प्रयोगमा लगाएका र करिब १९ करोड ५२ लाख पाकिस्तानी रुपैयाँ अनियमितता गरेको बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक