२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ : अध्ययन

२०७७, २९ कार्तिक शनिबार १०:३४

कात्तिक २९, काठमाडौँ । मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ ।मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो जीवनकालमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउँदछन् ।

अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरुले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । उक्त उमेर समूहका अमेरिकीहरुले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकी १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरुले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँदछन्।

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरु घरमै बस्न वा घरबाटै अनलाइनमा काम गर्न बाध्य बनिरहेको बेला मानिसहरुमा मोबाइल फोन तथा ल्यापटप लगायतका ग्याजेट चलाउने दरमा तीव्र बढोत्तरी भैरहेको छ । तर मानिसहरुमा प्रविधिको लत महामारीभन्दा अगाडिबाटै बसिसकेको थियो । खासगरी मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग बनेसँगै मानिसहरुमा फोनको लत समस्यको रुपमा खडा भएको शोधकर्ताको भनाई छ ।

वर्षौँदेखिका विभिन्न अध्ययन अनुसार अमेरिकीहरुमा समयक्रमसँगै फोनमा समय बिताउने दर बढिरहेको छ र फोनमा बिताउने समय घटाउनका लागि उनीहरु संघर्षरत छन् । तथापि स्क्रिनमा आँखा पूराउने समय अर्थात् स्क्रिन टाइम कटौतिका बाबजुत मानिसहरुमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ । स्मरण रहोस् प्रयोगकर्ताहरुलाई मोबाइलको स्क्रिनमा धेरै समय नबिताउनका लागि प्रेरित गर्न गुगल, एप्पल तथा फेसबुक लगायतका कम्पनीहरुले स्क्रिन टाइम मनिटर गर्ने टुल्स ल्याइसकेका छन् । (एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ