2026-07-25 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा ३७ सैनिक मारिएका आइएसको दाबी

पुस १७,काठमाडौँ । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । 

पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारबादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

मारिएका यी सेनाहरुमा  ८ जना अधिकृत स्तरका रहेका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका जनाइएको छ । सिरियमा सन् २०११ को मार्च महिना यहाँका राष्ट्रपति बसर अल असदको राजिनमाको माग गर्दै जनआन्दोलन  शुरु भएको थियो । 

केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा,आइएस जस्ता आतङ्ककारी समूह हावी हुदै गए । जारी यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ८७ हजार व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

यस युद्धमा १ लाख ३० हजार भन्दा बढी सरकार समर्थक लडाकू मारिएका छन् भने १ लाख १७ हजार सर्वसाधारणको मृत्यु भएको छ । यस युद्धको क्रममा लाखौंको संख्यामा सर्वसाधारण आफ्ना देशमा विस्थापित हुनुको साथै  र विदेशमा शरणार्थीको जीवन यापन गरिरहेका छन् । ( रासस-एएफपी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक