2026-07-25 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० जना भन्दा धेरै यात्रु बोकेको जहाज उडेको केहीबेरमै बेपत्ता

पुस २५ जाकार्ता । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । पोन्टियानाकाका लागि उडेको  श्रीविजया एयरको बोइङ ७३७ जहाज केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको बिबिसीले जनाएको छ।

उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार २४ डटकमका अनुसार जहाज उडेको एक मिनेटमा नै ३ हजार मिटरभन्दा बढी उचाइमा पुगेर सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

इन्डोनेसियाका अधिकारीहरूले जहाजको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । स्थानीय समयअनुसार पछिल्लो पटक जहाजसँग १४:४० मा सम्पर्क भएको थियो । श्रीविजयाको यो जहाज २७ वर्ष पुरानो हो । जहाजका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन्।

पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए। तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक