2026-07-25 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा एकै दिनमा ७६ हजार नयाँ सङ्क्रमित, पूर्व राष्ट्रपतिलाई खोप

चैत १, साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् । 

त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाभाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ । सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले शनिबार पहिलो खोप लगाउनु भएको हो । “कोरोनाभाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,” खोप लगाएपछि पत्रकारहरुसँग उहाँले भन्नुभयो । 

उहाँले सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो । पूर्व राष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिन भित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिनुभयो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ