2026-07-25 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन् : सर्वेक्षण

चैत ८, बेइजिङ । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् ।  

आइतबार पर्ने २१औँ विश्व सुताई दिवस (वल्र्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् । सर्वेक्षण्मा दुई हजार दुई जना सहभागी भएका थिए । उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए । सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताई मानिने ८ घण्टा सुत्ने गरेको जवाफ दिएका थिए ।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहिँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ ।”

सुत्नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्ने हुले बताउनुभयो । उहाँजस्तै झण्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने गरेको जवाफ दिएका थिए । सुताइको गुणस्तर र सन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा झण्डै आधा युवाले सन्तोषजनक रहेको उत्तर दिएका थिए । 

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रा सहित सपना देख्ने गरेको, ४५.४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको र ३३.१ प्रतिशत बिहान चाँडै व्युझिने गरेको बताएका थिए । यिनीहरु नै सुताई सम्बन्धी उनीहरुका मुख्य समस्या पाइएको थियो । 

गुणस्तरीय सुताई नहुुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणबाट देखिएको थियो । राम्रोसँग नसुत्नेहरुबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरुको काममा समेत असर पर्ने गरेको पाइएको सर्वेक्षणकर्ताहरुले बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक