2026-07-25 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोभिड–१९ खोप निर्माणमा सहकार्य आवश्यक’

वैशाख २१, जेनेभा | सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गगर्नुभएको छ । 

टेड्रस अधानोम गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भन्नुभयो, “यदि सामुहिक रूपमा धेरै व्यक्तिलाई खोप लगाई  प्रतिरोधात्मक क्षमता विकास गर्दै छौँ भने हामीसँग भएको खोपको मात्रा भन्दा जनसङ्ख्या बढी हुनेछ र अभाब लामो समयसम्म रहनेछ ।”

“उत्पादन क्षमता बृद्धि हुनुपर्दछ । र यसै कारण बौद्धिक सम्पत्ति (आइपी) अधिकार माफी एकदम महत्वपूर्ण हुनेछ,” उहाँले के यो परोपकारी मुद्दा होइन भन्दै खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले भन्नुभयो, “अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि खोपको आईपी अधिकारको अस्थायी रूपमा निलम्बन महत्वपूर्ण हुन सक्छ ।” 

दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड–१९ खोपहरूको आईपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् ।

गत हप्ता विश्व व्यापार संगठनले आईपी अधिकार माफीको बारेमा छलफल गरिरहेको थियो तर जेनेभामा अहिलेसम्म कुनै निश्चित निष्कर्ष हुनभने सकेको छैन ।

बेलायतले २०२१ मा जी–७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ जुनमा जी–७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ, टेड्रोस र ब्राउन दुबैले जी–७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनका लागि पहल गर्न कुरा राख्न आग्रह गर्नुभयो ।

“अर्को महिना, बस्ने जी–७ देशका नेताहरूको बैठक इतिहासको सबैभन्दा महत्वपूर्ण बैठक हुनसक्नेछ,” टेड्रोसले भन्नुभयो । जी–७ देशहरू विश्वका आर्थिक र राजनीतिकरूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् । 

डब्ल्यूएचओ प्रमुखलाई प्रश्न गनुभयो, “यदि हामी अहिले यसलाई प्रयोग गर्न सक्दैनौं भने कहिले सक्छौं,” डब्ल्यूएचओ प्रमुखले कोभिड–१९ को खोप उत्पादन जतिसक्दो चाँडो बढाउने सबै विकल्प“ प्रयोग गर्नु पर्नेमा जोड दिँदै भन्नुभयो ।

“आईपी अधिकार माफीको प्रावधान यस्तै आपतकालिन अवस्थाको लागि हो र यो अभूतपूर्व उपाय हो,” उहाँले भन्नुभयो ।

बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले थप्नुभयो, “उनीहरूले सामूहिक रूपमा अस्थायी माफीलाई समर्थन गर्ने निर्णय लिन सकेमा कोभिड–१९ महामारी नियन्त्रणका लागि यो ठूलो उपलब्धी हुनेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक