2026-07-24 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा माटो छरेर बाँझो पहाडलाई हरियो बनाइँदै

जेठ ९, बेइजिङ । चीनको उत्तरतर्फ रहेको शान्जी प्रान्तको राजधानी ताइयुआनमा स्थानीय कामदारहरुले एक विशेष उपकरणको प्रयोगमार्फत बाँझो पहाडमा माटो छरेर हरियो बनाइरहेका छन् ।

त्यसरी छरिने माटोमा विभिन्न रुख–बिरुवाका बीउहरु पनि मिसाइएको हुन्छ । तिनै बीउहरु छिट्टै उम्रिएर रुखो पहाडलाई हरियो बनाउनेछ । बीउका साथै उक्त माटोमा अर्गानिक तत्व सेलुलोज पनि मिसावट गरिएको हुन्छ, जसले बिरुवालाई प्रभावकारी रुपमा हुर्किन मद्दत मिल्ने बताइएको छ ।

हाल यो कार्यक्रम सञ्चालनमा रहेको मुयुन पहाड कुनै समय दर्जनौँ किसिमका चुनढुंगाको खानीघर मानिन्थ्यो, जसकारण सो क्षेत्र विगतमा अत्यन्तै बाँझो थियो । तर, सन् २०१७ मा स्थानीय सरकारले १४ वटा खानी बन्द गराइ त्यहाँको वातावरण पुनःस्थापना गर्न सुरु गरेको हो ।

अहिले त्यहाँ रुख–बिरुवा रोप्ने काम जारी छ भने खाल्डाहरु पनि मलिलो माटोले पुरिएको छ । अहिले त्यहाँको अधिकांश क्षेत्र विस्तारै हरियालीमा परिणत भएको देख्न सकिन्छ ।

यसरी खानीमा काम गर्ने धेरै मानिसले हाल रुख–बिरुवा रोपेरै जीविकोपार्जन गरिरहेका छन् । यस नयाँ कामले उनीहरुलाई राम्रो आम्दानी प्रदान गर्नुका साथै वातावरणलाई पनि स्वस्थ बनाइरहेको छ । सीजीटीएन बाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक