2026-07-24 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न आग्रह

जेठ २५, जेनेभा (रासस/सिन्ह्वा)। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । 

सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । 

“मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्वास स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ ।” औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिदेशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भन्नुभयो ।   

खोप किन्नका लागि मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

सिमाओले कुनै पनि मसुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खारीद् गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उहाँले बताउनुभयो । उहाँले प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग सङ्क्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उहाँले बताउनुभयो ।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।”

हालसम्म कोभिड–१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक  विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक