2026-07-24 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्टि–भाइरसका रचयिता म्यकाफी जेलमै मृत भेटिए

असार १२, वार्सिलोना (एजेन्सी) । एन्टिभाइरस सफ्टवेयर उद्यमी जोन म्यकाफी स्पेनको बार्सिलोनास्थित जेलभित्रै मृत फेला परेका छन् । स्पेनको एक अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्न मञ्जुरीसहितको आदेश दिएको केही घण्टालगत्तै उनी मृत अवस्थामा फेला परेको बताइएको छ ।

उनीविरुद्ध अमेरिकामा करछली गरेको आरोप लागेको छ । द क्याटलान न्याय विभागले ७५ वर्षीय उनलाई बचाउन औषधोपचार गरे पनि सफल नभएको बताएको छ । जेलभित्रै उनले आत्महत्या गरेको अड्कल गरिएको छ ।

प्रविधि संसारमा उनी विवादित अनुहार थिए । उनको कम्पनीले पहिलो व्यावसायिक एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो । म्यकाफी भाइरस स्क्यानले कम्प्युटर संसारमा अर्बौँ डलरको उद्योगलाई सहयोग गरेको थियो । उक्त सफ्टवेयर प्रविधि कम्पनी इन्टेललाई सात अर्ब ६० करोड अमेरिकी डलरभन्दा धेरै मूल्यमा बिक्री गरिएको थियो ।

सन् २०२० को अक्टोबरमा टर्की जाँदै गर्दा उनी स्पेनमा समातिएका थिए । उनीमाथि चार वर्षसम्म करको विवरण नबुझाएको आरोप छ । उनले विभिन्न माध्यमबाट आर्जित लाखौँ सम्पत्तिको कर नतिरेको आरोप लागेको छ ।

कर नतिर्न उनले विभिन्न अन्य उपाय अपनाएको अमेरिकी न्याय विभागले जनाएको छ । त्यस्तै अरुकै नाममा सम्पत्ति आर्जन गरेको अभियोग पनि उनीमाथि लागेको छ । उनी बेलायतमा जन्मिएका थिए । सन् १९८० तिर उनले म्यकाफी भाइरस स्क्यान सार्वजनिक गरे। यद्यपि उनले कहिल्यै आफ्नो सफ्टवेयर आफ्ना कम्प्युटरमा प्रयोग नगरेको बताउँथे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक