2026-07-25 10:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या

असोज ३०, नयाँ दिल्ली | एजेन्सी | भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका  सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ खुट्टा काटिएको बेवारिसे शव फेला परेको थियो । आत्मसर्मपणपछि पक्राउ परेका सिंहलाई आज नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । 

किसानको शव शुक्रबार साँझ पाँच बजे सडकको एउटा छेउमा फालिएको अवस्थामा फेला परेको थियो । 

मारिएका व्यक्ति पन्जाबका अन्दाजी ३५ वर्षका लखबीर सिंह भएको प्रहरीले जनाएको छ । उनका श्रीमति र तीन छोरी छन् ।  उनको पाशविक हत्या गरेका तीन ओटा भिडियो सार्वजनिक भएका छन् । 

एउटा भिडियोमा लखनबीरको बायाँ हात काटेपछि आक्रमणकारीको समूह उनको शरीर कुच्लिएको देख्न सकिन्छ  । उनको हात र खुट्टा काट्नुअघि उनलाई निर्मम ढंगले कुटपिट गरिएको थियो । शिख धर्मालम्बीहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिबलाई अपमान गरेको आरोपमा उनको पाशविक हत्या गरिएको अनुमान गरिएको छ ।  यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

यसअघि हरियाणाका मुख्यमन्त्री एमएल खातरले दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । उनको पाशविक हत्या गरेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अनिल भिजे र हरियाणा प्रहरी प्रमुखसँगको भेटमा उनले हत्यारालाई कडा कारबाही गरिने बताएका थिए । 

यसैबीच किसानहरुको छाता संगठन संयुक्त किसान मोर्चाले हत्याको निन्दा गर्दै आक्रमणकारी र पीडित दुबै जना आफ्नो संगठनमा आबद्ध नरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक