2026-07-25 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताः सर्वेक्षण

कात्तिक २१, न्युयोर्क | एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । 

विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएका छन् । सर्वेक्षणमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर लोकप्रिय देखिएका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत छ । 

एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् भने  अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनलाई ४४ प्रतिशतले समर्थन जनाएका छन् ।

सर्वेक्षणअनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ४३ प्रतिशत र जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ४२ प्रतिशले समर्थन जनाएका छन् । 

समेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइडेनले ४४ प्रतिशत पाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक