2026-07-25 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा चौथो पटक लकडाउन

मङ्सिर ६, भियना | एजेन्सी | युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ । कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो । कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन् । 

पछिल्लो लकडाउन पहिला जस्तै हुनेछ । बढी भिड हुने ठाउँ जस्तैः रेस्टुराँ, क्याफे, खेल मैदान, म्युजियम, नाट्यशाला, सैलुन कम्तिमा २० दिन खुल्ने छैनन् । 

पर्यटकहरुको किनमेलको प्रमुख केन्द्र क्रिस्मस बजार पनि बन्द हुनेछन्  । त्यस्तै, सम्पूर्ण होटलहरु पनि बन्द हुनेछन् । सरकारले लकडाउन घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारीले राजधानी भियनामा विरोधमा उत्रिएका छन् । 

लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । अविश्वासका कारण अझै पनि अस्ट्रियाको ठूलो जनसंख्याले खोप लगाएको छैनन् ।

सरकारले सन् २०२२ देखि कोभिडविरुद्धको खोप अनिवार्य बनाउने घोषणा गरेको छ । युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी व्यवस्था गर्ने अस्ट्रिया पहिलो मुलुक हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक