2026-07-25 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड

माघ १३, काठमाडौँ | इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आक्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो।

हिंगलाज माताको मन्दिरको निर्मा‍ण र सञ्चालन पाकिस्तानमा रहेका हिन्दु समुदायले आफ्नै आर्थिक सहयोगबाट गरिरहेका थिए । समाचार एजेन्सी एनआइका अनुसार पाकिस्तानमा विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा लक्षित गरी भएको यो ११औँ आक्रमण हो ।

पाकिस्तान हिन्दु मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमै पुगेर सञ्चारमाध्यमसँग इस्लामवादी कट्टरपन्थीलाई नियन्त्रण गर्न पाकिस्तानी सर्वोच्च अदालत र सरकारसमेत मौन बस्ने गरेको बताए।

शर्माले इमरान खानको सरकारले नाम मात्रको अल्पसङ्ख्यकको धार्मिक स्थलहरूमा नाम मात्रको सुरक्षा दिइरहेको बताए । हिन्दुको पवित्र मन्दिरमाथि भएको तोडफोडको घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्रोशित भएका छन् ।त्यस्तै स्थानीय हिन्दु नेताहरूले यस विषयमा विरोध र्‍याली समेत निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक