रोनाल्डोले प्यालेस्टाइनलाई समर्थन गरेका कारण विश्वकपमा दिइयो सजाय : टर्कीका राष्ट्रपति

Posted on: 29 Dec, 2022

पुस १४, काठमाडौँ | टर्कीका राष्ट्रपति रेचप तैय्यप अर्दोआनले रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेकोले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

टर्कीको आधिकारिक अनादोलु एजेन्सीका अनुसार अर्दोआनले एक कार्यक्रममा भने, ‘उनीहरूले रोनाल्डोलाई ‘खराब’ पारिदिए । दुर्भाग्यवश, उनीहरूले उनीमाथि राजनीतिक प्रतिबन्ध लगाए । खेलको ३० मिनेट बाँकी हुँदा रोनाल्डोजस्तो खेलाडीलाई पठाउनु भनेको मानसिक रूपमा तनाव दिनु हो ।  यसले उसको सबै उर्जा खेर पारिदियो ।’


उनले भने, ‘रोनाल्डो प्यालेस्टाइनको पक्षमा उभिने व्यक्ति हुन् ।’

विश्वकपको क्वाटरफाइनल खेलमा ३७ वर्षीय रोनाल्डोलाई दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा पठाइएको थियो ।

खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!