बैंककबाट भारत आइरहेको विमानमा भारतीयहरूले गरे कुटाकुट

Posted on: 30 Dec, 2022

पुस १५, एजेन्सी | थाइल्यान्डको राजधानी बैंककबाट भारतको कोलकाता आइरहेको थाई स्माइलको विमानमा चारजना भारतीय यात्रुहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ । 

मंगलवार भएको घटनामा दुई भारतीय पुरुषले एकअर्कालाई चुप लागेर बस् अनि हात तल राख् भनेको सुनिन्छ । उनीहरूलाई शान्त बनाउन एयरहोस्टेसलाई हम्मेहम्मे परेको थियो । 

दुईजनाले झगडा गर्दै गर्दा चश्मा लगाएका यात्रुका आएर आफ्नो चश्मा निकालेर आर्को व्यक्तिलाई मुक्का हान्न थाल्छ र उसको साथीहरु पनि विबादमा सामिल हुन्छन । मुक्का खाने मानिसले आफूलाई बचाउन कोशिश गरेका थिए । कालो कलर भएको शर्ट लगाएका यात्रुले एकोहोरो पिटाइ खाएका थिए । अरू यात्रु र विमान कर्मचारीहरूले उनीहरूलाई झगडा नगर्न भनेका थिए । 


झगडा गर्ने दुई पक्षलाई बल्लतल्ल एकजना एयरहोस्टेसले छुट्ट्याएकी थिइन् । विमानको सीट धेरै तल पारेको आरोपमा झगडा भएको बताइएको छ । थाइ स्माइल एयरवेज थाइ एयरवेजकै एक शाखा हो । 

थाई स्माइल एयरवेजले यस विषयमा आफ्नो रिपोर्टमा सिट ३७ C मा बसेको यात्रुलाई आरोपी भनेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!