नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा किभमा दर्जनौं मिसाइल प्रहार: रुस राक्षस भएको जेलेन्स्कीको आरोप

Posted on: 01 Jan, 2023

पुस १७, काठमाडौँ | नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा किभमा दर्जनौं मिसाइल प्रहार

युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन्। आक्रमणमा  एक जनाको मृत्यु पनि भएको छ ।


युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै विष्फोट भएको बताएका छन् ।  रुसको दुई दिन अघिमात्र यस युद्धकै ठूलो हवाई हमला गरेको हो। 

दुई दिनअघि भएको हवाई हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

युक्रेनका सुरक्षा बलका प्रमुखकका अनुसार वायु रक्षा प्रणालीले २० मध्ये १२ क्रुज मिसाइललाई खसालेको बताए। यसै क्रममा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशले जित नपाउँदासम्म लडाइ चलिरहने बताए।

क्रिसमस र नयाँ वर्षमा आम नागरिकमाथि आक्रमण गर्ने सम्बन्धमा उनले मस्को ‘दानव’को बाटोमा हिँडेको बताएका छन् ।

त्यस्तै नयाँ वर्षको अवसरमा सरकारी टिभी च्यानलमा दिएको भाषणमा पुटिनले सैनिकहरूलाई आफू नैतिक रूपमा सही भएको बताएका छन्। बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!