२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा किभमा दर्जनौं मिसाइल प्रहार: रुस राक्षस भएको जेलेन्स्कीको आरोप

२०७९, १७ पुष आईतवार ०६:२९

पुस १७, काठमाडौँ | नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा किभमा दर्जनौं मिसाइल प्रहार

युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन्। आक्रमणमा  एक जनाको मृत्यु पनि भएको छ ।


युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै विष्फोट भएको बताएका छन् ।  रुसको दुई दिन अघिमात्र यस युद्धकै ठूलो हवाई हमला गरेको हो। 

दुई दिनअघि भएको हवाई हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

युक्रेनका सुरक्षा बलका प्रमुखकका अनुसार वायु रक्षा प्रणालीले २० मध्ये १२ क्रुज मिसाइललाई खसालेको बताए। यसै क्रममा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशले जित नपाउँदासम्म लडाइ चलिरहने बताए।

क्रिसमस र नयाँ वर्षमा आम नागरिकमाथि आक्रमण गर्ने सम्बन्धमा उनले मस्को ‘दानव’को बाटोमा हिँडेको बताएका छन् ।

त्यस्तै नयाँ वर्षको अवसरमा सरकारी टिभी च्यानलमा दिएको भाषणमा पुटिनले सैनिकहरूलाई आफू नैतिक रूपमा सही भएको बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा