उडिरहेको विमानमा भारतीय यात्रुले रक्सीको मातमा महिला सहयात्रीमाथि पिसाब फेरेपछि...

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ | भारतको एयर इन्डिया विमानको बिजनेस क्लासमा रक्सी टिल्ल परेका एक यात्रुले महिला सहयात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । 

घटना मंसिर १० गते भएको हो तर अहिले आएर मात्र सार्वजनिक भयो । 


विमान अमेरिकाको न्युयोर्कबाट भारतको नयाँ दिल्ली जाँदै गर्दा यो घटना भएको हो । एयर इन्डियाले यस विषयमा प्रहरीसमक्ष उजुरी गरेको त्यहाँका एक अधिकारीले भारतीय समाचार संस्था एएनआईलाई बताए । 

एयर इन्डिया आफैंले यस घटनाको छानबिनका लागि आन्तरिक समिति गठन गरेको थियो । समितिले ती पुरुष यात्रुलाई कहिल्यै पनि एयर इन्डियाको विमान चढ्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

घटनालाई एक सरकारी समितिले पनि छानबिन गरिरहेको र त्यसको निर्णय आफूहरूले कुरिरहेको एयर इन्डियाका अधिकारीले बताए । 

भारतको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले एयरलाइनबाट प्रतिवेदन मगाइएको र अपराध गर्नेविरुद्ध कारवाही चलाउने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!