डाक्टरले मृत घोषणा गरेकी ८१ वर्षीया महिलालाई मसानघाट लैजाँदा आँखा खोलेपछि ...

Posted on: 05 Jan, 2023

पुस २१, काठमाडौँ | डाक्टरले चेकजाँच गरेर मृत घोषणा गरिसकेका व्यक्ति जीवित हुने सम्भावना हुँदैन तर भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ ।

मस्तिष्कघात भएर बेहोस भएकी ८१ वर्षीया हरिभेजी सिंहलाई डाक्टरले मृत घोषणा गरेपछि परिवारजनले अन्तिम संस्कारका लागि मसानघाटतिर लैजान खोजे । तर यति नै बेला ती महिलाले आँखा खोलिन् । त्यसपछि परिवारजनले उनलाई घर फर्काए ।


चिकित्सकले उनको मस्तिष्ट र मुटुले काम गर्न छाडेको भन्दै मृत घोषणा गरेका थिए । यससँगै टाढा–टाढा रहेका आफन्तलाई पनि मृत्युको सूचना दिइएको थियो । बाटोमा लैजाँदा उनले आँखा खोलेपछि आफन्तले डाक्टरप्रति आक्रोश पोखेका थिए ।

अस्पतालबाट ल्याएर जिउँदो फर्किए पनि उनको बुधवार मृत्यु भयो । बुधवार साँझ उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डाक्टरले उनलाई मंगलवार नै मृत घोषणा गरे पनि बुधवार मात्रै उनको निधन भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!