४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली पासपोर्टको सूची जारी: पहिलोमा जापान, नेपाल कति औं स्थानमा?

२७ पुष २०७९, बुधबार १२:११

पुस २७, काठमाडौँ । विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको छ । भिसा नलगाइकनै वा गन्तव्य मुलुकमा पुगेर भिसा लगाए हुने पासपोर्टलाई बलियो मानिन्छ । 


जापानी पासपोर्टले १९३ वटा गन्तव्यमा यस्तो सुविधा पाउने गरेकाले त्यो सूचीको पहिलो स्थानमा छ । दोस्रो स्थानमा दक्षिण कोरिया र सिंगापुर छन् । ती देशका पासपोर्टधारीले १९२ देशमा स्वतन्त्रतापूर्वक घुम्न पाउँछन् । 

एसियाका यी तीन देशपछि युरोपेली मुलुकहरू रहेका छन् । जर्मन र स्पेनी पासपोर्टलाई १९० गन्तव्यमा सुविधापूर्वक जाने छुट छ भने फिनल्यान्ड, इटली र लक्जेम्बर्गका लागि १८९ गन्तव्य खुला छ । 

कमजोर पासपोर्ट भएको देशको सूचीमा अफगानिस्तान सबभन्दा पुछारमा (१२९औं स्थानमा) छ । त्यस देशको पासपोर्ट बोकेर २७ वटा गन्तव्यमा मात्र सजिलै जान पाइन्छ । 

नेपाल भने सूचीको १०३ स्थानमा छ । नेपाली पासपोर्टले ३८ वटा गन्तव्यमा भिसा देखाइरहनुपर्दैन वा अन अराइभल भिसा पाइन्छ । प्यालेस्टाइनी टेरिटोरी पनि नेपालकै स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता