माघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण

२०७९, ४ माघ बुधबार ११:२९

माघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इञ्जिनियरले परीक्षण गर्नेछन् । मध्यआकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो ।


विमानस्थलमा चिकित्सकसहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो । विमान उडेको करिब दुई घण्टापछि एउटा इञ्जिनमा केही समस्या अनुभव गरिएको जानकारी दिए पनि कम्पनीले इञ्जिनमा उत्पन्न समस्याबारे खुलेर जानकारी दिएको छैन । दुईवटा इञ्जिन भएको उक्त विमान एउटाले काम नगरे अर्कोको सहयोगमा अवतरण गर्न सक्षम रहेको जनाएको छ । 

संसारको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा क्वाण्टास रहेको छ । यो एयरलाइन्स विगत ७० वर्षदेखि कुनै घातक दुर्घटनामा परेको छैन । अष्ट्रेलियाको नागरिक उड्डयन कानुनअनुसार विपत्तिको संकेत जारी हुनुलाई ‘विमान गम्भीर खतरामा परेको र तत्काल मद्दत आवश्यक भएको’ मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा