संसारकै सबैभन्दा वृद्ध लुसिलको मृत्यु

Posted on: 19 Jan, 2023

माघ ५, काठमाडौँ | संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो ।


सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।

दृष्टिविहीन र ह्वीलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रेले अरू वृद्ध मानिसहरूको हेरचाह गरेकी थिइन् । गत अप्रिलमा एक अन्तर्वार्तामा सिस्टर एन्ड्रेले  आफ्नो कामले आफूलाई दीर्धायु जीवन बाँच्न सहयोग गरेको बताएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!