४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना, पाइलट तीन महिना निलम्बित

६ माघ २०७९, शुक्रबार ०९:५५

माघ ६, काठमाडौँ | भारतको नागरिक उड्डयन प्राधिकरण (डीजीसीए)ले एक वृद्ध महिला यात्रुलाई सह–यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना लगाएको छ।


समाचार एजेन्सी एएनआईले प्राधिकरणलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेको आरोपमा जरिवाना गरिएको बताएको छ।

प्राधिकरणले सम्बन्धित एयर इन्डिया उडानका पाइलटको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ। पाइलटले आफ्नो कर्तव्य पूरा गर्न असफल भएको उसकाे निष्कर्ष छ।

त्यसैगरी प्राधिकरणले एयर इन्डियाको उडान सेवा निर्देशकलाई तीन लाख रूपैयाँ जरिवाना लगाएको छ।

नोभेम्बरमा भएको घटना करिब डेढ महिनापछि सार्वजनिक भएको थियो। मुद्दामा आरोपी शंकर मिश्रा पक्राउ परेका छन्। एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ।

विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली जाँदै थियो। पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता