२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवाज शरिफले भने, ‘एउटा पागलले चार वर्षमा पाकिस्तानलाई कति बिगारे भन्ने सबैलाई थाहा छ’

२०७९, ६ माघ शुक्रबार ११:१९

माघ ६, काठमाडौँ | पाकिस्तानको सत्तारुढ दल मुस्लिम लिग (एन) का नेता नवाज शरिफले इमरान खानलाई पागल भनेका छन् । शरिफले इमरानको अघिल्लो सरकारलाई खिल्ली उडाउँदै भने, ‘पाकिस्तानलाई चार वर्षमा एउटा पागलले कति क्षति पुर्यायो भन्ने जनतालाई थाहा छ ।’ लन्डनमा पत्रकारहरूसँगको कुराकानीमा नवाज शरिफलाई के जनरल बाजवा र जनरल फैज हमिद पाकिस्तानको समस्याका लागि जिम्मेवार छन् त भनेर सोधिएको थियो ।

त्यसमा उनले मुस्कुराउँदै जवाफ दिए, ‘हो, तपाईंहरु सबैलाई थाहा छ । अब कसैको नाम वा अनुहार लुकेको छैन । उनीहरुले पाकिस्तानलाई आफ्नो मनमर्जीले चलाए । यो मुलुकसँग घिनलाग्दो ठट्टा गरेका छन् ।’

नवाज शरिफले पत्रकारहरूलाई इमरान खानको चार वर्षको कार्यकाललाई आफ्नो समयसँग तुलना गर्न आग्रह गरे । नवाज शरिफले इमरान खानको कार्यकालको बारेमा भने, ‘उनको चार वर्षलाई मेरो चार वर्षसँग तुलना गर्नुहोस् ।


जनताले आफैंले देख्नेछन् कि हाम्रो पालामा कस्तो अवस्था थियो, जनता कति सम्पन्न थिए र आज उनको चार वर्षमा जनता कति दुःखी छन् । पाकिस्तानलाई यस संकटबाट बाहिर निकाल्न हामीले सरकारलाई आफ्नो नियन्त्रणमा लिएका छौँ ।’

उनले भने, ‘उनले (इमरान खान)ले पाकिस्तानमा जुन अवस्था सिर्जना गरेका थिए, हामी विनाशको सँघारमा पुगेका थियौँ ।’

नवाज शरीफले इमरान खान प्रधानमन्त्री भएदेखि नै आफूले यी मुद्दाहरू उठाउँदै आएको बताए । उनले गुजरावाला र्‍यालीको पनि स्मरण गराए ।

अक्टोबर २०२० मा, गुजरानवालाको एक र्‍यालीमा, नवाज शरीफले तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवालाई सत्ताबाट हटाउने र इमरान खानलाई चुनावी धाँधली मार्फत सत्तामा ल्याएको आरोप लगाए ।

उनले भने, ‘हाम्रो देशमाथि जुन क्रुर व्यवहार गरिएको छ, त्यसलाई बताउनु मेरो जिम्मेवारी हो । जनतासम्म यसलाई पुर्याउनु मेरो जिम्मेवारी हो र यसलाई ठिक पार्नु पनि हाम्रो जिम्मेवारी हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी