५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवाज शरिफले भने, ‘एउटा पागलले चार वर्षमा पाकिस्तानलाई कति बिगारे भन्ने सबैलाई थाहा छ’

६ माघ २०७९, शुक्रबार ११:१९

माघ ६, काठमाडौँ | पाकिस्तानको सत्तारुढ दल मुस्लिम लिग (एन) का नेता नवाज शरिफले इमरान खानलाई पागल भनेका छन् । शरिफले इमरानको अघिल्लो सरकारलाई खिल्ली उडाउँदै भने, ‘पाकिस्तानलाई चार वर्षमा एउटा पागलले कति क्षति पुर्यायो भन्ने जनतालाई थाहा छ ।’ लन्डनमा पत्रकारहरूसँगको कुराकानीमा नवाज शरिफलाई के जनरल बाजवा र जनरल फैज हमिद पाकिस्तानको समस्याका लागि जिम्मेवार छन् त भनेर सोधिएको थियो ।

त्यसमा उनले मुस्कुराउँदै जवाफ दिए, ‘हो, तपाईंहरु सबैलाई थाहा छ । अब कसैको नाम वा अनुहार लुकेको छैन । उनीहरुले पाकिस्तानलाई आफ्नो मनमर्जीले चलाए । यो मुलुकसँग घिनलाग्दो ठट्टा गरेका छन् ।’

नवाज शरिफले पत्रकारहरूलाई इमरान खानको चार वर्षको कार्यकाललाई आफ्नो समयसँग तुलना गर्न आग्रह गरे । नवाज शरिफले इमरान खानको कार्यकालको बारेमा भने, ‘उनको चार वर्षलाई मेरो चार वर्षसँग तुलना गर्नुहोस् ।


जनताले आफैंले देख्नेछन् कि हाम्रो पालामा कस्तो अवस्था थियो, जनता कति सम्पन्न थिए र आज उनको चार वर्षमा जनता कति दुःखी छन् । पाकिस्तानलाई यस संकटबाट बाहिर निकाल्न हामीले सरकारलाई आफ्नो नियन्त्रणमा लिएका छौँ ।’

उनले भने, ‘उनले (इमरान खान)ले पाकिस्तानमा जुन अवस्था सिर्जना गरेका थिए, हामी विनाशको सँघारमा पुगेका थियौँ ।’

नवाज शरीफले इमरान खान प्रधानमन्त्री भएदेखि नै आफूले यी मुद्दाहरू उठाउँदै आएको बताए । उनले गुजरावाला र्‍यालीको पनि स्मरण गराए ।

अक्टोबर २०२० मा, गुजरानवालाको एक र्‍यालीमा, नवाज शरीफले तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवालाई सत्ताबाट हटाउने र इमरान खानलाई चुनावी धाँधली मार्फत सत्तामा ल्याएको आरोप लगाए ।

उनले भने, ‘हाम्रो देशमाथि जुन क्रुर व्यवहार गरिएको छ, त्यसलाई बताउनु मेरो जिम्मेवारी हो । जनतासम्म यसलाई पुर्याउनु मेरो जिम्मेवारी हो र यसलाई ठिक पार्नु पनि हाम्रो जिम्मेवारी हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता