२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिट बेल्ट नलगाएकोमा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

२०७९, ७ माघ शनिबार ०६:१८

माघ ७, लन्डन | बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकोमा जरिवाना गरेको छ।

ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ । 

"लङ्कशायरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएका लन्डनका ४२  वर्षीय व्यक्तिलाई  जरिवाना  गरेका छौँ" लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । उक्त जरिवाना सूचना अनुसार कारबाहीमा परेका व्यक्तिले २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्नेछ । 

प्रधामन्त्री सुनकलाई ५० पाउण्ड  (६२ अमेरिकी डलर) जरिवाना गरिएको  बताइएको छ ।  

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने कानून छ।  यदि  सो सम्बन्धित मुद्दा अदालतसम्म पुगेमा त्यो जरिबाना बढेर बढेर ५०० पाउन्ड सम्म पुग्न सक्छ।  

जरिवानाको घोषणा लगत्तै प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै  भनेको छ – "प्रधानमन्त्रीले यो गल्तीलाई पूर्ण रूपमा स्वीकार गरेको र माफी समेत माग्नु भएको छ र आगामी दिनमा नियम पूर्णरूपमा पालना गर्नुहुनेछ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी