माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमा"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीबारे बीबीसीको डकुमेन्ट्री प्रशारित युट्युब र ट्वीटर बन्द गर्न आदेश

८ माघ २०७९, आईतवार ०९:२०

माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमात्र होइन सो डकुमेन्ट्रीको युट्युब लिंक शेयर गरिएको पचासभन्दा धेरै ट्वीटर एकाउन्ट पनि बन्द गर्न भारत सरकारले आदेश दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ट्विटर और यूट्यूब

भारत सरकारले नयाँ आईटी कानुनअनुसार ती लिंकहरू र युट्युबबाट डकुमेन्ट्री हटाउन भनिएपछि ट्वीटर र युट्युबले हटाएको बताइएको छ । डकुमेन्ट्रीमा सन् २००० मा गुजरातमा भएको हिंसाबारे विषय समेटिएको छ ।

जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सो हिंसामा करिब २ हजार मानिसहरू मारिएको बताइन्छ । हिन्दु र मुस्लिमबीच भएको सो हिंसामा तत्काली गुजरात सरकारले हिन्दुलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।

मोदी प्रधानमन्त्री बन्नुभन्दा पहिला सोही विषयलाई लिएर अमेरिकाले प्रतिबन्धसमेत लगाएको थियो । मोदीको भूमिकालाई लिएर उनीमाथि आरोपहरू लाग्दै आएको संवेदनशील विषयमा बीबीसीले डकुमेन्ट्री बनाएको हो । सो डकुमेन्ट्री भारतमा भने प्रशारण गरिएको थिएन । तर, झुटो विषय समेटिएको भारत सरकारको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता