४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा भर्खर अवतरण गरेको विमानको इन्जिनले महिलालाई तानेपछि…

११ माघ २०७९, बुधबार १०:५३

माघ ११, काठमाडौँ । अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ । 

अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन बन्द भइसकेको थिएन । तर पाइडमोन्ट एयरलाइन्सका लागि ग्राउन्ड एजेन्टका रूपमा काम गर्ने कोर्टनी एडवर्ड्स नामक महिला इन्जिनको एकदमै नजिक पुगेपछि उनलाई इन्जिनले खिचेको थियो । 


इन्जिनबाट टाढा बस्नका लागि एडवर्ड्सलाई कैयौंपटक चेतावनी दिइएको भए पनि उनले अटेरी गरेकी थिइन् । त्यसपछि इन्जिनले उनलाई खिच्यो र पूरै विमान नै बेस्सरी हल्लियो । 

डाल्लासबाट मोन्टगोमरी पुगेको उक्त विमानमा ५९ यात्रु तथा चार कर्मचारी थिए । उनीहरू कसैलाई पनि चोटपटक लागेको थिएन । 

विमान अवतरण गरेपछि पाइलटले इन्जिन बन्द गर्ने प्रक्रिया थालेका थिए । तर विमानको अघिल्लो भागको कार्गो ढोका खुला रहेको विषयमा उनलाई चेतावनी दिइएको थियो । 

त्यसपछि कोपाइलटले ग्राउन्डमा रहेका कर्मचारीहरूलाई विमानको इन्जिन खुलै रहेको विषयमा सचेत गराएका थिए । 

त्यसलगत्तै उनले चेतावनी दिने बत्ती बलेको देखे अनि विमान पनि बेस्सरी हल्लियो । अनि विमानको पहिलो इन्जिन आफैं बन्द भयो । 

के भएको भन्ने थाहा नपाएपछि उनले इमर्जेन्सी लाइट बन्द गरे अनि दुवैवटा ब्याट्री पनि निभाइदिए । त्यसपछि उनी विमानबाट ओर्लिएर के भएको हो छानबिन गर्न थाले । 

एडवर्ड्सले चेतावनीलाई बेवास्ता गर्दै इन्जिन नजिक गएकाले इन्जिनले उनलाई तानेको पाइयो । उनको त्यहीँ मृत्यु भयो । 

उनका तीन सन्तान र एक आमा छन् । गोफन्डमी पेजमा उनको परिवारलाई आर्थिक सहायता माग्दै चन्दा उठाइएको छ । त्यसमा अहिलेसम्म १ लाख डलर जम्मा भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता