2026-07-26 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री छनोटका लागि कांग्रेसले तोक्यो मापदण्ड

चैत ५, काठमाडौँ | नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मिलाएर पठाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भोलि विश्वासको मत दिएपछि सरकारमा जाने प्रक्रिया अघि बढ्छ। हामीले कति मन्त्रालय पाउँछौँ भन्ने गठबन्धन दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। नेतृत्व तहले मोटामोटी गृहकार्य गरिरहेकै अनुसार हुन्छ। त्यसका लागि योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई पनि ध्यान दिएर पार्टी नेतृत्वले निर्णय गर्छ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने दाबी गरे। कांग्रेसबाट अहिले उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङसहित अधिकांश शीर्ष नेताहरू सरकारमा जाने पक्षमा छन्।

कांग्रेसबाट सरकारमा जाँदा उपप्रधानमन्त्रीसहित गृह, अर्थ, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालय पाउने भएकाले शीर्ष नेताहरु नै हौसिएका छन्।

उपसभापति खड्कासहित प्रकाश शरण महत, ज्ञानेन्द्र कार्की, उदय शमशेर जबरा, डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, किशोरसिंह राठोर, बद्री पाण्डे, मोहन बस्नेत, आरजु राणा देउवालगायत शीर्ष नेताहरूको नाम चर्चामा छ।

सत्ता गठबन्धनमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना छ। तर, पार्टीका शीर्ष नेताहरू नै मन्त्रीको दौडमा लागेपछि पार्टी सभापति देउवालाई मिलाउन हम्मे हम्मे पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ