१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिले के-के पाउँछन् सुविधा?

६ चैत्र २०७९, सोमबार ०६:३५

चैत ६, काठमाडौँ | नेपालको राष्ट्रपति र उपराष्ट्रपतिमा रामचन्द्र पौडेल र रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित व्यक्तिले के कस्ता सुविधा पाउँछन् ? यहाँ चर्चा गरिएको छ ।

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ पाँच वर्षअघि नै प्रमाणीकरण गरेको छ । पहिलो पटक ल्याइएको उक्त ऐनलाई सरकारले २०७५ मा केही नेपाल ऐन संशोधनमार्फत संशोधन गरेको छ । जुन राष्ट्रपतिबाट २०७५ फागुन १९ गते प्रमाणीकरण भएको थियो ।


ऐनको दफा २ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक दिइने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार अनुसूची १ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई दिइने मासिक पारिश्रमिक उल्लेख छ ।

राष्ट्रपतिले मासिक एक लाख ५० हजार ४५० र उपराष्ट्रपतिले एक लाख आठ हजार ३० रुपैयाँ पारिश्रमिक पाउँछन् । यस्तै पोशाक सुविधावापत प्रतिवर्ष राष्ट्रपतिलाई २५ हजार र उपराष्ट्रपतिलाई २० हजार दिइनेछ ।

दफा ३ मा आवास सुविधाको व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको आवासका लागि सरकारी घरको बन्दोबस्त गरिएको छ । घरको मर्मतसम्भार पनि सरकारबाटै हुन्छ । घरका लागि आवश्यक फर्निचरको व्यवस्था पनि सरकारबाटै हुनेछ ।

दफा ४ मा सवारी तथा इन्धन सुविधाको व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले सवारीसाधन उपलब्ध गराउँछ । उपलब्ध गराइएको सवारीसाधनलाई आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मतसम्भारको व्यवस्था सरकारले नै गर्नेछ ।

ऐनको दफा ५ मा सञ्चार सुविधाको व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको आवासका लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा पनि सरकारले नै व्यवस्था गर्नेछ । ऐनको दफा ७ अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबरको रकम अतिथि सत्कार तथा भैपरी खर्चबापत दिइनेछ । यसका लागि खर्चको बिल भर्पाइ पेश गर्नुपर्ने छैन ।

दफा ८ मा निजी चिकित्सकसम्बन्धी सुविधाको व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले एकएक जना निजी चिकित्सकको व्यवस्था गर्नेछ । दफा ९ मा उपचार खर्चको व्यवस्था छ । जसमा राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशका अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था छ ।

राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गदाउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्चबापत ३ जनासम्मको मासिक खर्च सरकारले उपलब्ध गराउनेछ । उपचार खर्चबापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ ।

दफा १० मा चाडपर्व खर्चको व्यवस्था पनि गरिएको छ । राष्ट्रपति वा उपराष्ट्रपतिले आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि प्रत्येक वर्ष खर्चको रुपमा पाउनेछन् । तर, एक आर्थिक वर्षमा एक पटक लिन सकिनेछ ।

राष्ट्रपति र उपराष्ट्रपतिले पाउने दैनिक भत्ता तथा बीमाको व्यवस्था पनि ऐनमा गरिएको छ । ऐनको दफा ११ मा राष्ट्रपति वा उपराष्ट्रपति आफ्नो ओहोदासम्बन्धी कामको सिलसिलामा स्वदेश वा विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था छ । जसअनुसार स्वदेशमा भ्रमण गर्दा दैनिक तीन हजार ३०० रुपैयाँ र विदेशमा भ्रमण गर्दा २५० अमेरिकी डलर दैनिक भत्ता उपलब्ध गराइनेछ ।

यद्यपि युरोपियन मुलुक अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिंगापुर, लेवनान, बहराइनको भ्रमणमा जाँदा भने तोकिएको दैनिक भ्रमण भत्तादरमा ३३ प्रतिशत थप रकम दिइनेछ ।

यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि २५ लाख रुपैयाँको बीमा गरिने पनि ऐनमा व्यवस्था छ ।

सचिवालय र विज्ञमा दर्जन बढीकाे नियुक्ति

ऐनअनुसार राष्ट्रपतिको निजी सचिवालय १९ सदस्यीय रहनेछ । जसमा एकजना राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सरकारको सचिवसरह प्रमुख स्वकीय सचिवको व्यवस्था छ । एक जना राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरह सहस्वकीय सचिवको व्यवस्था छ ।

राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरह २ जना उपस्वकीय सचिव, ४ जना राजपत्रांकित तृतीय श्रेणी अर्थात अधिकृतसरह स्वकीय अधिकृत रहने व्यवस्था छ । राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बासरहको एक जना कम्प्युटर सहायक, सुब्बासरहकै एक जना फोटोग्राफर, सुब्बासरहकै एक जना प्रेस संयोजक, ४-४ जना श्रेणीविहीन सवारी चालक र कार्यालय सहयोगीको व्यवस्था ऐनमा गरिएको छ ।

ऐनअनुसार उपराष्ट्रपतिको हकमा १३ सदस्यीय निजी सचिवालय रहनेछ । जसमा एक जना राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवसरह प्रमुख स्वकीय सचिवको व्यवस्था छ । यस्तै राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरह एक जना उपस्वकीय सचिव रहने व्यवस्था छ ।

दुई जना राजपत्रांकित तृतीय श्रेणी अर्थात अधिकृतसरह स्वकीय अधिकृत रहने व्यवस्था छ । राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बासरह एक जना कम्प्युटर सहायक, नायब सुब्बासरहकै एक जना फोटोग्राफर, सुब्बासरहकै एक जना प्रेस संयोजक, ३-३ जना श्रेणीविहीन सवारी चालक र कार्यालय सहयोगीको व्यवस्था ऐनमा गरिएको छ ।

ऐनकै दफा १३ मा विज्ञसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्‍याउन बढीमा ७ जना र उपराष्ट्रपतिले बढीमा ५ जना विज्ञ नियुक्त गर्न सक्नेछन् । नियुक्त हुने विज्ञले मासिक पारिश्रमिक तथा सुविधा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिम हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ