१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

६ चैत्र २०७९, सोमबार ०७:४३

चैत ६, कर्णाली | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल (क्रान्तिकारी)ले १४, नेविसङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापतिमा जीत हात पारेको छन् । 

अखिल (क्रान्तिकारी)मा चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालीकोटबाट क्रमशः हिक्मत सिंह र पार्वती सञ्जयाल, स्यार्पु बहुमुखी, सानोभेरी, राडीज्यूला शिक्षा क्याम्पस, शीतल क्याम्पस चौरजाहारी रुकुमपश्चिमबाट क्रमशः किरण विश्वकर्मा, वीरभान भण्डारी, निराजन केसी र दीपक केसी सभापतिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै बन्गाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट क्रमशःअजय विष्ट, वरुण न्यौपाने र एकराज ओली, तथा लिकु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही र जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा सभापतिमा विजयी हुनुभएको छ । 

त्यस्तै नेविसङ्घबाट मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा नरेन्द्र भण्डारी, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल, चामुण्डा कलेज दैलेखमा सुनिल शाही, नन्दादेवी बहुमुखी क्याम्पस कालीकोटमा जुनिता विष्ट र गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का सभापतिमा निर्वाचित हुनुभएको छ । 

त्यसैगरी सिम्ता बहुमुखी, अमरदीप, हिमशिखर बहुमुखी र भेरी क्याम्पस गुमी सुर्खेतबाट क्रमशः घनश्याम रेग्मी, अनुप ढकाल, सिर्जना रसाइली, शक्ति पौडेल अनेरास्ववियुबाट सभापतिमा विजयी हुनुभएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार अब १० क्याम्पसको मत सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ