2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डप्रति लिङ्देनको कटाक्ष– दुई महिनामा विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री !

चैत ६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गतेको सहमति फेरेको र बाटो मोडेको कारण आफूहरू सरकारबाट बाहिरिएको बताएका छन् ।

दुई महिनामै विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भनेर उनले प्रचण्डप्रति कटाक्ष समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङ्देनले प्रधानमन्त्रीले सहमति तोडेका कारण लाचार भएर सरकार छाडेको बताएका हुन् ।

‘संसद्मा जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । दुई महिनामा विश्वासको मत लिन पाउने । वैशाख २० तिर फेरि यस्तै दिन नआओस्,’ लिङ्देनले भने ।  

आफू छोटो समय सरकारमा रहँदा चार वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुला गरेको स्मरण उनले गरे ।

प्रधानमन्त्रीलाई राप्रपाको विश्वासको मत नचाहिएको भन्दै उनले विश्वासको मत नदिने जानकारी गराए । 

नयाँ यात्राका लागि उनले प्रचण्डलाई शुभकामना समेत दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक