२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मन्त्री छनोटमा कांग्रेसको प्राथमिकता प्रत्यक्षलाई

७ चैत्र २०७९, मंगलवार ०३:३२

चैत ७, काठमाडौँ | नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्ड नेतृत्व सरकारमा सहभागी हुने निर्णय गरेको छ। तर कसको नेतृत्वमा कोको नेता सहभागी हुने भन्ने कांग्रेसले निर्णय गरेको छैन। उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि वा प्रकाशमान सिंह र शेखर कोइरालामध्येबाट पार्टीको नेतृत्व गराई पठाउने देउवाको तयारी रहेको स्रोतको दाबी छ।

उपसभापति खड्काले आफू सरकारभन्दा पार्टी संगठनमै लाग्ने बताउँदै आएका छन्। तर उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेर खड्का दाहाल नेतृत्वको सरकारमा जान सक्ने सम्भावना टरिनसकेको निकटस्थ बताउँछन्।

खड्का सहभागी नभएको अवस्थामा सिंह वा निधिले सरकारको नेतृत्व गर्न सक्ने नेताहरूको दाबी छ। सरकारको नेतृत्वसहित पराराष्ट्र मन्त्रालयको जिम्मेवारी पाए शेखर नै सहभागी हुन सक्ने आकलन गरिए पनि निकटस्थहरूलेत्यसलाई अस्वीकार गर्दै आएका छन्।  

बरु शेखरको कोटाबाट उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बुलाई दाहाल नेतृत्व सरकारमा पठाउने तयारी रहेको निकटहरूको दाबी छ। शेखर समूहबाटै सहमहामन्त्री बद्री पाण्डे, जीवनबहादुर शाही, दीपक गिरी, रामनाथ अधिकारी, रामकृष्ण यादवसहितका नेता मन्त्रीका आकांक्षी छन्।

त्यस्तै, सभापति देउवानिकट नेताहरू प्रवक्ता प्रकाशशरण महत, नेताहरू एनपी साउद, सीता गुरुङ, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, अजय चौरसिया, रमेश रिजाल, किशोर सिंह राठोर, रामहरि खतिवडा र मोहनबहादुर बस्नेत मन्त्रीका आकांक्षी छन्। सभापति देउवा पत्नी आरजु राणाले आफैं सरकारमा सहभागी हुन चाहेकी छिन्। अर्थ मन्त्रालयको जिम्मेवारीसहित राणाले उद्योगीसमेत रहेका सांसद विनोद चौधरीलाई सरकारमा सहभागी गराउने चाहना राख्दै आएको स्रोतको दाबी छ।

साउद र बलायर कसलाई सरकारमा सहभागी गराउने भन्नेमा सभापति देउवा र पत्नी राणाको चाहना फरक रहेको निकट स्रोतको दाबी छ। पूर्वमहामन्त्री शशांक कोइराला दीपक खड्कालाई मन्त्री बनाउनुपर्ने पक्षमा उभिएका छन् भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रदीप पौडेलको पक्षमा रहेको बताइएको छ।

देउवा नेतृत्व अघिल्लो सरकारमा सहभागी भएर पनि कार्यसम्पादनमा चुकेको भन्दै पार्टीभित्रबाट आलोचना खेप्दै आएका ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, दिलेन्द्रप्रसाद बडुसहितका नेता पनि फेरि मन्त्री बन्न लागिपरेका छन्। सञ्जय गौतम, सन्तोष चालिसे, जीवन परियार, राजेन्द्र केसी, अर्जुननरसिंह केसीसहितका नेताहरू पनि मन्त्रीका आकांक्षी छन्।  

समानुपातिकबाट सांसद बनेर पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेताहरूले दाहाल नेतृत्व सरकारमा नपठाउन सभापति देउवामाथि नेताहरूले दबाब बढाउँदै गएका छन्। पहिलो पटक संसद् प्रवेश गरेका सांसदलाई केही समय संसदीय अभ्यासमा लगाउनुपर्ने भन्दै एक नेताले भने, ‘पटक पटक सांसद भएका तर अहिलेसम्म सरकारमा सहभागी नभएकालाई प्राथमिकतामा राख्नुपर्छ।’  

एउटै व्यक्तिले पटकपटक सरकारमा सहभागी हुने अवसर पाएकालाई दोहोर्याउँदा अन्य नेतालाई अन्याय हुने प्रत्यक्षतर्फबाट निर्वाचित कांग्रेस सांसदको बुझाइ छ। प्रत्यक्ष निर्वाचित र अहिलेसम्म अवसर नपाएका नेतालाई सरकारमा पठाउनुपर्ने भन्दै सांसदहरूले सभापति देउवालाई नै भेटेर ‘पाँच वर्षमा तीन सरकार गठन हुने’ भन्दै नयाँ र समानुपातिकतर्फका सांसदलाई दोस्रो र तेस्रो सरकारमा सहभागी गराउन सुझाउँदै आएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य