चैत ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।
मंगलबार बिहान पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागितालगायतका समयसामयिक विषयमा छलफल गर्ने तयारी छ।
हिजो संसदबाट पुन:विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले अब छिट्टै सरकारलाई पूर्णता दिने बताएका थिए।
पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समावजादीले पनि पार्टीको तर्फबाट सरकारमा कसलाई पठाउने भनेर निर्णायक छलफल गर्न लागेको पार्टीको केन्द्रीय कमिटीका एक नेताले जानकारी दिए।