2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रसुवामा बढ्यो सम्बन्ध विच्छेद

चैत ७, रसुवा | चालु आर्थिक वर्षको आठ महिनामा २९ जनाले सम्बन्ध विच्छेद गरेका छन् । जिल्लामा कानुनीरुपमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 

आठ महिनाको अवधिमा उहाँको एकल इजलासबाट २९ थान सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा फैसला भएको छ । सम्बन्ध विच्छेदका लागि दायर भई विचाराधीन रहेका कूल ३७ थान मुद्दामध्ये आठ मुद्दा फछ्र्योट हुन बाँकी छ । ती मुद्दाको मिसिल प्रक्रियागतरूपमा अगाडि बढिरहेको अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताउनुभयो । 

उहाँका अनुसार न्यायका लागि रसुवा जिल्ला अदालतमा दायर भएका मुद्दा छिटोछरितो तवरले फछ्र्योट हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म दायर भएका ४३ थान र गत वर्षको जिम्मेवारी सरिआएको ४० समेत ८३ मुद्दामध्ये ५४ थान फैसला भएका कारण न्यायसम्पादन छिटोछरितो भएको यहाँका बासिन्दामाँझ आभास भएको छ ।

फैसल भएका मुद्दामा धेरै सङ्ख्यामा सम्बन्ध विच्छेद एवं बहुविवाह रहेका छन् भने अन्य मुद्दामा लिखत बदर, अभद्र व्यवहार, जालसाजी, गर्भपतन, अंशबण्डा, सवारी ज्यान, माना चामल, जग्गा खिचोला, सार्वजनिक हित, चेक अनादर, ठगी, अवैध विदेशी विनियम, बालयौन दुरूपयोग जस्ता विविध प्रकारका रहेका छन् ।

चालु आवमा भएको फैसलाबाट कसुरका आधारमा रू दुई करोड ४४ लाख २९ हजार दुई सय ७९ जरिवानासमेत तोकिएको छ । अदालतको फैसलाबाट गत विगतदेखि हालसम्म तोकिएको कुल रू चार करोड १३ लाख २२ हजार आठ सय ४७ जरिवानामध्ये पाँच लाख १५ हजार असुल भई नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको अदालतका श्रेस्तेदार (उपसचिव) अधिकारी ढकालले बताउनुभयो ।

चालु आवमा फैसला भएका ५४ थान मुद्दामध्ये जेल सजाय पाउने अभियुक्तमा सरकारवादी मुद्दातर्फ सात रहेका छन् । सरकारवादी मुद्दामध्ये विदेशी विनियम अवैध ओसार सारमा संलग्न सिन्धुपाल्चोक भोटेकोसीका सुप्पा लामा, नवाङनुर्पु तामाङ र दोलखा तामाकोसीका तुलनारायण श्रेष्ठलाई जनही दुई वर्ष र सो अवैध कार्य गर्न गराउन मतियाररूपमा कार्य गर्ने सिन्धुपाल्चोक भोटेकोसीका साङ्गा शेर्पा, सुवास तामाङ र ग्याल्जेन शेर्पालाई जनही छ÷छ महिना कैद सजाय भएको अदालतले जनाएको छ ।

यसरी नै सरकारवादी मुद्दाअन्तर्गत सवारी ज्यानसम्बन्धी अभियोगमा नुवाकोट तादी गाउँ पालिकाका बस्ने शुकराम तामाङलाई भने तीन महिना कैद सजाय भएको जनाइएको छ ।

विसं २०३८ देखि रसुवा जिल्लामा अदालत स्थापना भएपश्चात् क्रमिकरूपमा स्थानीय बासिन्दा न्यायालय खोज्दै अदालत जाने वातावरणको विकास बन्दै गएको रसुवा नागरिक समाजले जनाएको छ । रसुवामा हुने अन्यायको विरूद्वमा न्यायका लागि पहिला पहिला नुवाकोट जिल्लामा जानुपर्ने बाध्यता हुँदा भौगोलिक विकटताका कारण पैदलमार्ग हिँडाइको असजिलोले कतिपय विषयका मुद्दा गाउँका अगुवाले गाउँका घर आँनमा बसी मिलाएको  स्थानीय बासिन्दाले स्मरणसमेत गराएका छन् ।       

धुञ्चे गाउँको एक फल्याक छाना भएको घरमा अदालत स्थापना गरी सुरू भएको रसुवाको न्यायसेवा अहिले सिमेन्ट पक्की घरबाट सम्पादन हुँदै आएको छ । स्थापनाकालको पहिलो न्यायाधीश स्वर्गानन्द जोशी हुनुहुन्थ्यो । 

सेवाग्राहीलाई बस्ने कुर्सीको व्यवस्था, महिला पुरूषका लागि छुट्टाछुट्टै शौचालय, डिस्पेन्सरमा तातोपानी, अपाङ्गमैत्री, निम्नवर्गका सेवाग्राहीलाई वैतनिक अधिवक्तासमेतको व्यवस्थापनले न्यायसम्पादनको काममा निकै सहयोग मिलेको सेवाग्राहीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते