2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिन्दुत्व सम्बन्धी ट्वीटका कारण कन्नडा अभिनेता चेतन कुमार पक्राउ

चैत ७, काठमाडौँ | सम्बन्धी ट्वीटका कन्नडा अभिनेता चेतन कुमार (चेतन अहिंसा)लाई बेंगलुर प्रहरीले पक्राउ गरेको छ ।

चेतनले सोमबार ‘हिन्दुत्व झूटमा आधारित छ’ भनेर लेखेको ट्वीटले उनलाई हिरासत पुर्याएको हो । उनलाई बेंगलुरको शेषाद्रिपुरम पुलिसले हिरासतमा लिएको छ । दलित तथा जनजाति अभियन्तासमेत रहेका चेतनलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

मार्च २० मा उनले गरेको ट्वीट- ‘हिन्दुत्व झूटमा आधारित छ । सावरकर- भारतीय ‘राष्ट्र’ सुरु भयो जब रामले रावणलाई पराजित गरे अनि अयोध्या फर्के- झूट । १९९२- बाबरी मस्जिद रामाको जन्मस्थान- झूट । २०२३- उरिगौडा-नान्जेगौडा टिपुका हत्यारा हुन्

-झूट । हिन्दुत्वलाई सत्यले मात्र हराउन सकिन्छ। र सत्यता भनेको समानता हो ।’

उनले ट्वीट गरेको केही घण्टामै ‘हिन्दू समर्थक संगठन’ले उनको विरुद्धमा उजुरी दिएका थिए । र शेषाद्रिपुरम पुलिस स्टेशनमा एफआईआर दर्ता गराएका थिए । उजुरीमा ‘हिन्दुत्व झूटमा आधारित छ’ भन्ने उनको ट्वीटले कथित रूपमा हिन्दूहरूको भावनामा चोट पुर्याएको कुरा उल्लेख गरिएको छ । उनलाई धर्म वा धार्मिक विश्वासको अपमान गरेको र वर्गहरूबीच दुश्मनी बढाउने कार्य गरेको आरोप लागेको छ ।

यो उनको विरुद्धमा आएको पहिलो केस भने होइन । फेब्रुअरी २०२२ मा उनलाई कर्नाटक उच्च अदालतका न्यायाधीश कृष्ण दीक्षितमाथि आपत्तिजनक ट्वीट गरेको कारण पक्राउ गरिएको थियो । दीक्षित सो समय हिजाब मुद्दाको सुनुवाइ गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले