2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशीका ठूला १२ क्याम्पस : कहाँ को विजयी ?

चैत ७, काठमाडौँ | दुई दिनअघि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा कोशी प्रदेशमा रहेका ठूला क्याम्पसहरूमा मिश्रित नतिजा आएको छ । प्रदेशमा रहेका चर्चित र ठूला क्याम्पसमध्ये नेपाल विद्यार्थी सङ्घले ५ वटा क्याम्पसमा सभापति जितेको छ ।

यस्तै एमालेनिकट अनेरास्ववियुले ४ वटा क्याम्पसमा सभापति जितेको छ । जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले २ वटा क्याम्पसमा सभापति जितेको छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियूले प्रदेशको ठूला क्याम्पसमध्ये एउटामा सभापति पद जितेको छ ।

नेविसंघले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सभापति जितेको छ । नेविसंघका जसवन्त पौडेल अनेरास्ववियुका नवीन पहाडीलाई हराउँदै सभापतिमा निर्वाचित भएको महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले जानकारी दिए ।

यस्तै धरानमा रहेको हात्तीसार क्याम्पसमा नेविसंघका अभिनव गुरागाईँ विजयी भएका छन् । उनले अनेरास्ववियू र क्रान्तिकारी संयुक्त प्यानलबाट सभापतिका उम्मेदवारलाई हराए । यस्तै धरानकै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि नेविसंघका नवीन श्रेष्ठ विजयी भए । श्रेष्ठले अखिल क्रान्तिकारीका मन्दिप अधिकारीलाई हराए ।

दमक बहुमुखी क्याम्पस दमकमा नेविसंघका सोविम न्यौपाने विजयी भएका छन् । उनले एमालेनिकट अनेरास्ववियुका निशेष राईलाई पराजित गरे । यस्तै इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेविसंघकै सहदेव काफ्लेले बाजी मारे उनले अनेरास्ववियुका उज्ज्वल सिग्देललाई पराजित गरे ।

एमालेनिकट अनेरास्ववियुले धनकुटा बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस भद्रपुर, स्नातकोत्तर क्याम्पस विराटनगर, इलामको महेन्द्ररत्न क्याम्पसमा सभापति जितेको छ ।

धनकुटामा अनेरास्ववियुका सन्तोष बुढाथोकी सर्वसम्मत भए ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियू र अखिल क्रान्तिकारीको प्यानलै विजयी भयो । १२ सय ८ मत खसेको मध्ये अनेरास्ववियूका दर्शन राईले ५९७ प्राप्त गरी विजयी भएका हुन् । स्नातकोत्तर क्याम्पस विराटनगरमा अनेरास्ववियुका निर्मल गजुरेल विजयी भएका छन् ।

मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका सन्तोष लिम्बू विजयी भएका छन् ।

उनी १ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् ।

यस्तै स्ववियु सचिवमा एमाले अनेरास्वयिुका एलिस ओझा १ हजार १४ मतका विजयी हुँदा नेविसंघका नीराजन धमलाले एक हजार ६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । क्याम्पसमा एमाले अनेरास्ववियुका विरुद्ध चार दलीय गठबन्धन थियो ।समाजवादी विद्यार्थी युनियनले महेन्द्र क्याम्पस धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सभापति जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते