2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘प्रसाद २’को गीत ‘मार्सी धान’मा विपिन, केकी, आश्मा र सरोजको छमछमी(भिडिओ)

चैत ७ काठमाडौं । चैतको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ । यसैबीच फिल्ममा समावेश पहिलो गीत ‘मार्सी धान’ आज रिलिज गरिएको छ ।

राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन् ।

गीतमा म्युजिक भिडियोको चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । शीर्ष कलाकारहरु विपिन कार्की र केकी अधिकारी पनि गीतमा फिचर्ड छन् । यी चारैजना कलाकार गीतमा छमछमी नाचेका छन् । गीतमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

सुदर्शन थापाको निर्देशन र सुशील पौडेलको पटकथा लेखन रहेको फिल्ममा सामाजिक र प्रेमको कथावस्तुलाई प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत खलपात्रको चरित्रमा देखिएका अर्पण थापाको अभिनयले पनि चर्चा बटुलेको छ । सुवास थापाको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । यो फिल्म चैत २४ गते रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते