2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन्छ: निधि

चैत ८, काठमाडौं | नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनभित्र छलफल गरेर साझा उम्मेदवार तय गरिने बताएका छन्। उनले कतै नेपाली कांग्रेसबाट त कतै अन्य पार्टीबाट हुने गरी गठबन्धनबाटै साझा उम्मेदवार तय गरिने बताएका हुन्।

वैशाख १० मा चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ। यी ठाउँमा सत्ता गठबन्धनबाटै साझा उम्मेदवार तय गरेर चुनावमा जाने निधिको भनाइ छ।

‘वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता  गठबन्धनबीच सहमति गरी उम्मेदवार तय गरिन्छ,’ सप्तरीमा मंगलबार भएको कार्यक्रममा निधिले भने, ‘कतै कांग्रेस त कतै गठबन्धनभित्रकै पार्टीबाट उम्मेवारी रहन्छ।’

उनले दुई/तीन दिनभित्र केन्द्रमा अहिलेकै सरकार बिस्तार हुने र त्यसपछि प्रदेशहरूमा पनि गठबन्धनबाटै सरकार बन्ने बताए। ‘प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्छ, केहीमा सरकारमा सहभागी दलका अरूले गर्छन्। तर पाँच वर्ष गठबन्धनबाटै सरकार चल्छ,’ उनले भने।

निधिले कांग्रेस र माओवादीसहित अहिलेको सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने दाबीसमेत गरेका थिए। ‘सरकार मात्र होइन अहिलेको संसद पनि ५ वर्ष चल्छ,’ उनले भने, ‘कुनै पनि बाहनामा प्रतिनिधि सभा विघटन हुँदैन।’

उनले गठबन्धनबाट पाँच वर्षभित्रमा तीन जना प्रधानमन्त्री बन्ने सहमति बनेको पनि बताएका छन्। अहिले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बिस्तार हुने, त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र चुनाव गराउने बेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको दाबी उनको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते