४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन्छ: निधि

८ चैत्र २०७९, बुधबार ०६:२०

चैत ८, काठमाडौं | नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनभित्र छलफल गरेर साझा उम्मेदवार तय गरिने बताएका छन्। उनले कतै नेपाली कांग्रेसबाट त कतै अन्य पार्टीबाट हुने गरी गठबन्धनबाटै साझा उम्मेदवार तय गरिने बताएका हुन्।

वैशाख १० मा चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ। यी ठाउँमा सत्ता गठबन्धनबाटै साझा उम्मेदवार तय गरेर चुनावमा जाने निधिको भनाइ छ।

‘वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता  गठबन्धनबीच सहमति गरी उम्मेदवार तय गरिन्छ,’ सप्तरीमा मंगलबार भएको कार्यक्रममा निधिले भने, ‘कतै कांग्रेस त कतै गठबन्धनभित्रकै पार्टीबाट उम्मेवारी रहन्छ।’

उनले दुई/तीन दिनभित्र केन्द्रमा अहिलेकै सरकार बिस्तार हुने र त्यसपछि प्रदेशहरूमा पनि गठबन्धनबाटै सरकार बन्ने बताए। ‘प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्छ, केहीमा सरकारमा सहभागी दलका अरूले गर्छन्। तर पाँच वर्ष गठबन्धनबाटै सरकार चल्छ,’ उनले भने।

निधिले कांग्रेस र माओवादीसहित अहिलेको सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने दाबीसमेत गरेका थिए। ‘सरकार मात्र होइन अहिलेको संसद पनि ५ वर्ष चल्छ,’ उनले भने, ‘कुनै पनि बाहनामा प्रतिनिधि सभा विघटन हुँदैन।’

उनले गठबन्धनबाट पाँच वर्षभित्रमा तीन जना प्रधानमन्त्री बन्ने सहमति बनेको पनि बताएका छन्। अहिले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बिस्तार हुने, त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र चुनाव गराउने बेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको दाबी उनको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ