2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

चैत ९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा आज आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ साधारणसभामा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले सरकारले निरन्तररुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताउनुभयो ।

“सञ्चारमाध्यम सधैको प्रतिपक्ष हो । नेताहरुमा प्रतिपक्षमा रहँदा बेठिक लागेका कुरालाई सरकारमा रहँदा ठीक ठान्ने प्रवृत्ति हुन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सञ्चारमाध्यमले सधैँ प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्छ ।”

उहाँले अभिवृद्धि स्वतन्त्रतालाई खुला पनि राख्दै दुरुपयोग हुन नदिन पनि मिलेर काम गर्नुपर्ने बताउनुभयो । “समुदायलाई सही सूचना दिने दायित्व सामुदायिक रेडियोको हो । यसका लागि सामुदायिक रेडियोसँग धेरै स्पेस छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले आफूसँग रेडियोमा काम गरेको अनुभव भएको बताउँदै रेडियोका साथीहरूले बोलाएपछि महत्व दिएर कार्यक्रममा बोलिदिने गरेको बताउनुभयो । “सामुदायिक रेडियोले राजस्व र नवीकरणका पक्षमा छुटका लागि सरकारसँग माग राख्ने, आवाज बुलन्द गर्ने काम गर्नुपर्ने र आफ्ना कुरा सरकारसँग भन्नुपर्छ”, उहाँले भन्नुभयो । 

महामन्त्री थापाले नकारात्मक धारणा आउँछ भन्ने आधारमा नागरिकका अधिकारलाई खुम्च्याइनु नहुने, भुइँमान्छे, तन्नेरी, समाजका कुरा सामुदायिक रेडियोले बजाउनुपर्नेमा जोड दिनुभयो । 

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको अवस्थामा सामुदायिक रेडियो चेपुवामा परेको बताउनुभयो । उहाँले राज्य सामुदायिक रेडियोलाई प्राथमिकतामा नराख्दा आर्थिकलगायत विभिन्न कारणबााट सामुदायिक रेडियो चेपुवामा परेको धारणा राख्नुभयो । 

“हाम्रो नीतिहरु बदलिनुपर्छ । हिजोकै नीतिबाट अहिले चल्न सक्दैन । सामुदायिक रेडियो चेपुवामा परेको छ । सङ्कटबाट मुक्त गर्न, बलियो बनाउन राज्यको भूमिका चाहिने अवस्था छ”, उहाँले भन्नुभयो । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोका रुपमा सगरमाथा रेडियो सञ्चालन भएको स्मरण गर्नुहुँदै जनआन्दोलनलाई सफल बनाउन, विभेदको अन्त्य गर्न, जनतामा जागरण ल्याउन, भ्रष्टाचार न्यूनीकरण गर्न पनि रेडियोको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । 

“सामुदायिक रेडियोलाई बचाइराख्नुपर्छ । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा संसद्मा म रेडियोको पक्षमा रहनेछु”, उपाध्यक्ष पाण्डेले भन्नुभयो, “सामुदायिक रेडियोले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका सामग्री बजाउनुपर्छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने कुरा सामुदायिक रेडियोको प्राथमिकतामा पर्नुपर्छ ।” 

जसपाका प्रवक्ता मनिष सुमनले रेडियो पहिलो सूचनाको संवाहक भएको बताउँदै देशलाई उठाउन सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारका धेरै सवाल सञ्चारमाध्यमबाट उजागर हुने बताउनुभयो । 

उहाँले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा भूमिका खेलेकामा धन्यवाद व्यक्त गर्नुहुँदै सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष मगरले सञ्चारकर्मीको सुरक्षामा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल सामुदायिक रेडियोका सम्पूर्ण समस्यालाई लिपिबद्ध गरेर लिएर आउन आग्रह गर्नुभयो । उहाँले अब बन्ने कानुनमा ती विषय समेट्न तयार रहेको बताउँदै सामुदायिक रेडियोलाई सही सूचना पु¥याउन आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामुदायिक रेडियोको दिगोपनका लागि राज्यले काम गर्न नसकेको तर्क गर्नुभयो । 

“गणतन्त्रको मूल्यमान्यताअनुसार संसद्मा कानुन निर्माण सुस्तरुपमा बढेको अवस्था छ । लोकतन्त्रलाई मजबुत बनाउन सञ्चारमाध्यम समृद्ध हुन आवश्यक छ । सञ्चार क्षेत्र सूचना प्रवाहसँग जोडिएकाले सरकारले यसलाई कर उठाउने माध्यमको रुपमा लिन हुँदैन”, अध्यक्ष पोखरेलले भन्नुभया । उहाँले पहुँचका आधारमा विज्ञापन दिने पद्धति अन्त्य होस् भन्ने हाम्रो चाहना रहेको बताउनुभयो । 

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका मनिटरिङ कमिटीकी सदस्य बन्दना राणा, अकोरावका संस्थापक अध्यक्ष संस्थापक अध्यक्ष रघुनाथ मैनाली, नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मी पाण्डे, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायतका व्यक्तित्वले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले नेपालको राजनीतिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको र नेपालको सामुदायिक रेडियो विश्वमा नमुनायोग्य भएको बताउनुभयो । उहाँले सामुदायिक रेडियोले ७० भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको बताउनुभयो   ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते