Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पत्रकार व्यावसायिक बन्नुपर्छः मन्त्री गगन थापा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ७, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उनले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् ।

मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताए

देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताए ।

जग्गा दान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गरे ।

सोही क्रममा भेटघाट रेस्टुराँका सञ्चालक गोविन्दप्रसाद तिवारीले भवन निर्माणका लागि मन्त्री थापा मार्फत नेपाल प्रेस युनियनलाई एक लाख पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो अवसरमा युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले भवनका बारेमा जानकारी गराए ।

वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर उपमहानगरपालिका–११ बसेनीमा प्रदान गरेको १३ धुर जग्गामा निर्माणधीन भवन अब करिब तीन महिनामा सम्पन्न हुने युनियनका जिल्ला उपाध्यक्ष पूर्ण शर्माले जानकारी दिए। भवन निर्माणका लागि आवश्यकपर्ने ३८ लाखमध्ये अहिलेसम्म २९ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

सो अवसरमा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ र भवन निर्माण सहयोग समितिका संयोजक प्रमोदकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । रासस