असोज ७, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार व्यावसायिक बन्नुपर्छः मन्त्री गगन थापा

७ आश्विन २०७३, शुक्रबार ०८:५३

असोज ७, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उनले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् । 

मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताए 

देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताए ।

जग्गा दान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गरे ।

सोही क्रममा भेटघाट रेस्टुराँका सञ्चालक गोविन्दप्रसाद तिवारीले भवन निर्माणका लागि मन्त्री थापा मार्फत नेपाल प्रेस युनियनलाई एक लाख पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो अवसरमा युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले भवनका बारेमा जानकारी गराए ।

वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर उपमहानगरपालिका–११ बसेनीमा प्रदान गरेको १३ धुर जग्गामा निर्माणधीन भवन अब करिब तीन महिनामा सम्पन्न हुने युनियनका जिल्ला उपाध्यक्ष पूर्ण शर्माले जानकारी दिए। भवन निर्माणका लागि आवश्यकपर्ने ३८ लाखमध्ये अहिलेसम्म २९ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

सो अवसरमा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ र भवन निर्माण सहयोग समितिका संयोजक प्रमोदकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह